Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

लगातार तीन घट्यो नेप्से, कारोबार ८ अर्ब माथि

लगातार तीन घट्यो नेप्से, कारोबार ८ अर्ब माथि
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको तेस्रो दिन शेयर बजारमा गिरावट आएको छ । यो साता नेप्से परिसूचक तिब्र उतारचढाबकाबीच पनि बढ्न सकेको छैन । लगातार बजार घट्दा लगानीकर्ता निराश बनेका छन् भने भएको पूँजी शेयर बेचेर निस्कन थालेका छन् । चुनाव नजिँदै गर्दा पनि लगानीकर्तामा देखिएको निराशाले आगामी दिनमा बजार थप घट्ने हो भन्ने शेयर विश्लेषणकर्ताहरु बताउँछन् ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २ हजार ६६२.१४ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम भने ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यो दिन २ करोड १७ लाख कित्ता शेयर किनबेचहुँदा उक्त बराबरको कारोबार भएको हो ।

यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचकमध्ये म्यूचुअल फण्ड र ट्रेडिङ समूहको सूचक बढ्दा अन्य ११ वटा समूहको सूचक घट्न पुगेको छ ।

विशेषगरी आज जलविद्युत कम्पनीको शेयर मूल्यमा पहिरो गएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, माई खोला हाइड्रो पावर,घलेम्दी हाइड्रो पावर,सुपरमादी हाइड्रो लिमिटेड,लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य ३.७४ प्रतिशतदेखि ५.२४ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा कालिञ्चोक दर्शन,अरुणभ्याली हाइड्रो पावर,आरबीबी फोकस ४०, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३.९९ प्रतिशतदेखि ६.३६ प्रतिशतले बढेको छ ।

त्यस्तै यो दिन अरुण भ्याली हाइड्रो पावर,आँखुखोला जलविद्युत कम्पनी,रिडी पावर कम्पनी,युनियन हाइड्रो पावर कम्पनीको ३२ करोड ६० लाख रुपैयाँदेखि ४५ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit