Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

२७ गतेदेखि ‘केयी एक्सचेन्ज क्याम्प’ आयोजना हुँदै

२७ गतेदेखि ‘केयी एक्सचेन्ज क्याम्प’ आयोजना हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि केयी गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा ‘केयी एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ग्राहकहरूलाई सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी साधन अपग्रेड गर्ने अवसर प्रदान गर्ने उद्देश्यले एक्सचेन्ज कार्निभल चैत २७ देखि २९ गतेसम्म देशभरिका आधिकारिक केयी शोरूमहरूमा आयोजना गरिने कम्पनीले जनाएको छ। काठमाडौंको हकमा भने यो कार्यक्रम थापाथलीस्थित केयी शोरूम नजिकै बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।

एक्सचेन्ज क्याम्पमा सहभागी हुने ग्राहकहरूले पुराना सवारी साधन साटेर नयाँ केयी मोडलका गाडीहरू खरिद गर्दा नयाँ वर्ष विशेष नगद छुट र आकर्षक एक्सचेन्ज बोनस, पुरानो सवारीको उत्कृष्ट बजार मूल्यांकन, सहज फाइनान्सिङ र अटो बीमाको व्यवस्था, ७ किलोवाट वा ३ किलोवाटचार्जरका विकल्पहरू तथा प्रत्येक बुकिङमा एक जोडीका लागि दुसित थानी धुलिखेलमा एक रातको निःशुल्क प्याकेज जस्ता अफरहरु पाउने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार कार्यक्रमलाई थप रोचक बनाउन थापाथलीमा लाइभ फूड स्टलहरू र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू आयोजना गरिनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit