Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एकै दिन एथरका २०८ वटा स्कुटर हस्तान्तरण

एकै दिन एथरका २०८ वटा स्कुटर हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । वैद्य इनर्जी प्रा. लि द्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा एथर विद्युतीय स्कुटर ग्राहकहरूलाई हस्तान्तरण गगरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालको विद्युतीय सवारीसाधन(ईभी)क्षेत्रमा कम्पनीद्वारा आयोजित एक विशेष ‘मेगा डेलिभरी’ कार्यक्रमका बीच देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूलाई स्कुटरको साँचो हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा ग्राहकहरूले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गर्दै नेपालको विद्युतीय सवारीसाधनतर्फको तीव्र रूपान्तरणलाई एक उत्सवका रूपमा मनाएका थिए। यो ठूलो संख्याको डेलिभरीले नेपाली उपभोक्तामाझ दिगो र वातावरणमैत्री यातायातको माग तीव्र रहेको देखाएको कम्पनीले जनाएको छ।

कार्यक्रमको अवसरमा वैद्य इनर्जीका प्रतिनिधिहरूले एथरप्रति अतुलनीय विश्वास देखाउने सम्पूर्ण ग्राहकहरूमा आभार व्यक्त गरे।

एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गरेको अभूतपूर्व उपलब्धिले एथर नेपाललाई देशको अग्रणी प्रिमियम विद्युतीय स्कुटर ब्रान्डको रूपमा अझ सशक्त बनाएको कम्पनीको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit