Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

परराष्ट्र मन्त्री खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फिर्ता

परराष्ट्र मन्त्री खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फिर्ता
विज्ञापन
Advertisement

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
२७ र २८ चैतमा मौरिससमा आयोजना भएको नवौँ पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसिएन कन्फरेन्स) मा सहभागी हुन बिहीबार मौरिसस गएका मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सम्मेलनका क्रममा क्षेत्रीय सहकार्य पुनर्संरचना, समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरूको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासमा जोड दिएको बताए ।
उनले भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै समुद्री पहुँच र क्षेत्रीय साझेदारीका विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा पनि राखेको जानकारी दिए ।
उनले भने, ‘सम्मेलनको क्रममा मैले क्षेत्रीय सहकारी पुनर्संरचना समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरूको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासमा जोड दिएको थिए । साथै भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय समुदायहरूसम्म स्पष्ट रूपमा प्रस्तुत गर्दै समुद्री पहुँच र क्षेत्रीय सहकार्य साझेदारीका विषयहरूलाई प्राथमिकताका साथ राख्नुपर्ने कुराहरू पनि मैँले औँल्याए । यस सम्मेलनमा नेपाललाई भारतीय महासागर क्षेत्र (इन्डियन ओसिएन क्षेत्रसँग आफ्नो कूटनीतिक आर्थिक र रणनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण अवसर प्रदान गरेको छ ।’
मन्त्री खनालका अनुसार उक्त सम्मेलनले नेपाललाई हिन्द महासागर क्षेत्रसँग कूटनीतिक, आर्थिक र रणनीतिक सम्बन्ध थप सुदृढ गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । उनले वर्तमान भू–राजनीतिक परिवेशमा नेपालको सन्तुलित, स्वतन्त्र र बहु आयामिक परराष्ट्र नीतिलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त भएको बताए ।
सम्मेलनको अवसरमा उनले विभिन्न मित्रराष्ट्रका समकक्षीहरूसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता समेत गरेका थिए । यस क्रममा एस जयशंकरसहित भारत, भुटान, बङ्गलादेश, सिंगापुर, मौरिसस र तान्जेनियाका विदेश मन्त्रीहरूसँग द्विपक्षीय विषयमा छलफल भएको उनले जानकारी दिए ।
उनले भने, ‘विशेषत ः भूराजनीतिक परिवेशमा नेपालको सन्तुलित, स्वतन्त्र र बहु आयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढङ्गले अभिव्यक्त गर्ने अवसर प्राप्त भएको छ । सम्मेलनको अवसरमा विभिन्न मित्रराष्ट्रका समकक्षीहरूसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता समेत भयो । यस क्रममा भारतका विदेश मन्त्री, भुटान, बङ्गलादेश, सिंगापुर, मौरिसस र तान्जेनियाका विदेश मन्त्रीहरूसँग पनि हामीले द्विपक्षीय विषयमा छलफल भेटघाट गर्यौं ।’

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit