Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

टोखामा सपनतीर्थ मेला सुरु, बिहानैदेखि भक्तजनको घुइँचो

टोखामा सपनतीर्थ मेला सुरु, बिहानैदेखि भक्तजनको घुइँचो
विज्ञापन
Advertisement

काठमाडौं। धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्त्व बोकेको टोखामा सपनतीर्थ मेला सुरु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ वर्षको पहिलो दिनमा लाग्ने उक्त मेलामा आज बिहानैदेखि सपनतीर्थ मन्दिरको दर्शन गर्नका लागि जाने भक्तजनको घुइँचो लागेको हो । सपनतीर्थ मन्दिरमा दर्शन गरेर त्यहाँको तलाउमा स्नान गरे कुष्ठरोग निको हुने जनविश्वास रहेको छ ।

सपनतीर्थ मन्दिरमा दर्शन तथा तलाउमा स्नान गर्नका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन सपनतीर्थ मन्दिर आइपुगेका छन् ।

सपनतीर्थमा मेलासँगै टोखामा ऐतिहासिक विस्का नखः९जात्रा० पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए । सपनतीर्थ मेला आज एकदिन लाग्ने भएपनि टोखाको जात्रा भने चार गतेसम्म चल्नेछ ।

टोखाले जात्राका अवसरमा भोलि वैशाख २ गते बुधबार टोखाभर र वैशाख ३ र ४ गते टोखा नगरपालिका–२ र ३ मा विदा दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit