Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

असन क्षेत्रमा सामाजिक तथा परम्परागत कार्यक्रम सुरु हुँदै, सवारी आवगमनमा कडाइ

असन क्षेत्रमा सामाजिक तथा परम्परागत कार्यक्रम सुरु हुँदै, सवारी आवगमनमा कडाइ
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि जीवन्त र समृद्ध (असं) असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरु प्रारम्भ गर्दैछ ।

विज्ञापन
Advertisement
Advertisement

आधुनिकताभित्र प्रवेश गर्दै गरेको असन बजार, यस क्षेत्रमा भएका भौतिक सम्पदा, यस क्षेत्रसँग सम्बन्धित अभौतिक सम्पदाको पुनरुत्थान गर्ने उद्देश्यसहित यो कार्यक्रम सुरु गर्न लागेको प्रवक्ता नविन मानन्धरले जानकारी दिए । मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौंका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका भन्दै यो असर र नकारात्मक प्रभाव रोक्न तथा पूर्खाको ज्ञान, सिपमा आधारित धार्मिक, सांस्कृतिक र सामाजिक जीवनशैलीको पुनरुत्थान गर्ने प्रयास हो, जीवन्त र समृद्ध (असं) असन कार्यक्रम ल्याएको उनले बताए ।

उनको अनुसार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सिपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापहरुको प्रदर्शन र प्रवर्धनात्मक क्रियाकलाप सञ्चालन हुनेछन् ।

वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लपसहित स्थानीय क्लब, टोल सुधार समिति, गुठियार सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा सुरु हुने कार्यक्रम कःमिलाछी (कमलाक्षी)चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा कार्यक्रम सञ्चालन हुने क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिनेछ ।

कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइनेछैन ।

यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइनेछैन । वीर अस्पतालबाट महाबौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भाँसीको स्थित गणेश मन्दिरबाट महावौद्ध स्तुपातर्फ प्रवेश पाइनेछैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्र वहाल, मांस गल्लीबाट मोटरसाइकल समेत प्रवेश रोकिनेछ । त्यौड गल्ली हुँदै अगाडि गोसिफबाट अगाडि प्रवेश पाइनेछैन ।

गोसिफबाट इनबहाल, इनबहाल गणेश मन्दिर जान सकिनेछ। गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइनेछैन । कान्तिपथ तर्फ ज्याठा अन्नपूर्ण स्कूलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ । यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । यस्तै यस दिन असन आउने आगन्तुकहरुले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कूल तथा अन्य तोकिएका स्थानमा सवारी साधन राखेर पैदल यात्राबाट असन प्रवेश गर्नुपर्नेछ ।

यसरी सञ्चालन गरिने कार्यक्रमले स्थानीयबासीहरुको उद्यमशीलता तथा व्यावसायिक विकास हुने महानगरको विश्वास छ । वडा २७ ले सञ्चालन गर्ने कार्यक्रमसँगै वडा २५ क्षेत्रमा पनि कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि वडाले समुदाय स्तरमा छलफल सञ्चालन गरिरहेको छ ।

निःशुल्क वाटर एटीएम मेसिन सञ्चालन
वैशाख ५ गते नै निःशुल्क वाटर एटीएम मेसिन शुभारम्भ हुनेछ । काठमाडौँ महानगरपालिकाभित्र करिब २ करोड ६० लाख रुपियाँको लागतमा ८ वटा वाटर एटीएम बुथ निर्माण भएका छन् । काठमाडौँ महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समान लागत सहभागितामा निर्माण भएका यी वाटर एटीएमबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुनेछ ।

काठमाडौंको खुला मञ्च, राष्ट्रिय सभा गृह, दरबार हाइ स्कूल बाहिर, वडा नं. १७ लिङ्क रोड ढल्को चोक, वडा नं. ५ नरःदे ९हाँडीगाउँ वडा नं. २६ परिसर र वडा नं. ३१ परिसरमा यो प्रणाली जडान भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit