Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालसँगको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन भारत उत्सुक छ : मोदी

नेपालसँगको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन भारत उत्सुक छ : मोदी
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा महत्वपूर्ण भेटवार्ता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार भारत भ्रमणमा गएका सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच आज भएको उक्त भेटमा नेपाल–भारत दुई पक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको बताइएको छ।

रास्वपा सभापति लामिछानेसँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै लेखेका छन्,‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष श्री रवि लामिछानेसँग भेट्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु। साझा र समृद्ध भविष्यको लागि सँगै काम गर्ने तपाईंको आकांक्षालाई म स्वागत गर्दछु, र म यसमा पूर्ण रूपमा सहमत छु।’

प्रधानमन्त्री मोदीले भारतको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल सधैँ प्राथमिकताको साझेदार रहेको उल्लेख गर्दै दुई देशबीचको अद्वितीय र बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको समेत प्रष्ट पारेका छन् ।

भ्रमणका क्रममा लामिछानेले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । मंगलबार मात्रै उनले भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटघाट गरी दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा छलफल गरेका थिए ।

नेपालको नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाका सभापतिको यो भारत भ्रमण र भारतीय प्रधानमन्त्रीसहितका उच्च नेतृत्वसँग भएको भेटघाटलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit