images images images
images images images
images
images
images

नाडा पदाधिकारी र बीमा प्राधिकरणबीच विद्युतीय सवारी नीतिबारे छलफल

images

काठमाडौं ।  अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का प्रतिनिधिले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरेका छन् ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि टोलीले बीमा प्राधिकरणका अध्यक्ष ओझासँग उनकै कार्यकक्षमा भेटगरी विद्युतीय सवारी साधनहरुको बीमा नीतिका सम्बन्धमा छलफल गरेको हो ।

images
images

छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी साधनहरुको सन्दर्भमा हालसम्म बीमा नीति तयार नभएकोले सो बारे स्पष्ट, पारदर्शी र सुसंगत बीमा नीति निर्माणको आवश्यकता रहेको बताए ।

यस्तै, उनले विद्युतीय सवारी साधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा समेत प्राधिकरणले आवश्यक नीति बनाउनु पर्ने धारणा राखेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले जानकरी दिए ।

अध्यक्ष ओझाले छलफलमा प्राधिकरणले बीमा नीतिमा विद्युतीय सवारी साधनहरुको स्पेयर पाट्र्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समावेश गरिने, क्लेम प्रक्रियामा सुधार ल्याउने, बिमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिए । त्यसैगरी प्राधिकरणले नाडाकालाई समेत उक्त बीमा नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न गराउने आस्वासन दिएको छ ।

विद्युतीय सवारी साधनहरुका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गरिने तथा दक्षिण एसियाली राष्ट्रहरुमा प्रयोगमा रहेका नीति र अभ्यासहरुको अध्ययन गरी तत्सम्बन्धमा नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान नाडाले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, तथा बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारी समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीसँगै केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र नाडाका साधारण सदस्य महेश पाल सहभागी थिए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्