Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवनको बिहीबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । उनले नागरिकस्तरबाट प्राप्त सहयोग र सद्भावले प्रहरी संगठनलाई थप जिम्मेवार बनाएको उल्लेख गरे ।

उनले भने, ‘यो भवन निर्माणको माध्यमले नागरिक तहबाट जुन न्यानो माया प्राप्त भएको छ त्यसको लागि म भवन निर्माण समितिका सम्पूर्ण पदाधिकारीज्यूहरु, भवन निर्माण गर्न सहयोग गर्ने सबैलाई हार्दिक नमन गर्दछु ।’

कार्कीले सुरक्षा बहुआयामिक विषय भएको उल्लेख गर्दै भ्रूण अवस्थादेखि लिएर स्वास्थ्य, खाद्य, कानुनी तथा जिउधनको सुरक्षासम्मका पक्षहरू महत्वपूर्ण रहेको बताए ।

उनले विशेषगरी सडक सुरक्षालाई अत्यन्त संवेदनशील क्षेत्रका रूपमा औंल्याउँदै नागरिकहरू घरबाट बाहिरिएपछि सुरक्षित रूपमा गन्तव्यमा पुग्न र पुनः परिवारसँग फर्किन पाउने वातावरण सुनिश्चित गर्नु प्रहरीको मुख्य दायित्व भएको बताए ।

‘सामान्यतया सुरक्षाको कुरा गर्दा सुरक्षाभित्र एउटा नागरिक जन्मिदा गर्भमा रहेको भ्रूणको सुरक्षा हुन्छ । जन्मपछि स्वास्थ्य सुरक्षा, खाद्य सुरक्षाको कुरा हुन्छ । कानुनी सुरक्षाका कुरा हुन्छन् । जिउँधनको सुरक्षा महत्वपूर्ण हुन्छ । यस्तो सुरक्षाको अंश चाँही सबै सुरक्षाका विषयहरुभन्दा अझ महत्वपूर्ण छ । एउटा व्यक्ति घरबाट बाहिर निस्किएपछि सुरक्षित रुपमा बाटोमा हिड्न सकोस् र सुरक्षित हिसावले बाहिर गएको मान्छे घरमा परिवारसँग फेरि फर्केर आएर मिल्न सकोस् । त्यो बाटोमा हिँड्दाखेरि कतै अवरोध नहोस्, कोही खाल्डोमा नछिरोस्, ढलबाट छिरेर बागमति वा विष्णुमतिको खोलामा झर्न नपरोस् । सवारी साधनले ठक्कर दिएर घाइते भयो भन्ने सुन्न नपरोस्, मृत्यु भयो भन्न सुन्न नपरोस् । सबै सुरक्षाका बृहत्तर विषयभित्र प्रहरी आवद्ध छौं,’ उनले भने ।

उनले सडकमा हुने दुर्घटना, अव्यवस्थित ढल तथा खाल्डाखुल्डी जस्ता जोखिमबाट नागरिकलाई जोगाउनु आवश्यक रहेको धारणा राखे । साथै, सवारी साधन सञ्चालनका क्रममा चालकको अवस्था, मादक पदार्थ वा लागूपदार्थ सेवनजस्ता विषयले यात्रुको सुरक्षामा पार्ने प्रभावप्रति पनि प्रहरी सजग रहनुपर्ने बताए ।

कार्यक्रममा उनले ट्राफिक प्रहरीहरूको कार्यपरिस्थितिबारे पनि चर्चा गर्दै दिनभर सडकमा खटिने प्रहरीका लागि आधारभूत सुविधा आवश्यक हुने उल्लेख गरे । ‘सेवा चाहिने तर बस्ने ठाउँ नहुने अवस्था स्वीकार्य हुन सक्दैन,’ उनले भने।

ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पूरानो भवन २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएको थियो । पुनःनिर्माणपछि सञ्चालनमा आएको नयाँ भवनले सेवा प्रवाहमा सहजता ल्याउने विश्वास गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit