Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनको भाउ पुनः तीन लाख रुपैयाँ नाध्दा, चाँदी पनि महँगियो

सुनको भाउ पुनः तीन लाख रुपैयाँ नाध्दा, चाँदी पनि महँगियो
विज्ञापन
Advertisement

काठमाडौं। स्थानीय बजारमा आइतबार सुन र चाँदी दुवै धातुको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर पुनः तीन लाख रुपैयाँ नाघेको हो।

विज्ञापन
Advertisement
Advertisement

उपभोक्ताले आज एक तोला सुन खरिद गर्न तीन लाख पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने छ । यसअघि शुक्रबारको तुलनामा आइतबार एकैदिन २७ सय रुपैयाँले बढेर सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार (वैशाख ११) गते भने सुन तोलाको दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको छ। आइतबार एक तोला चाँदीको मोल चार हजार ९९५ रुपैयाँमा कायम थियो । सोमबार भने चाँदीको मोल प्रतितोला पाँच हजार ५० रुपैयाँ निर्धारण गरेको महासँघले जनाएको छ ।

अघिल्लो कारोबार दिन (शुक्रबार) चाँदी तोलामा चार हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit