Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शेखर गोल्छालाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

शेखर गोल्छालाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई यस्तो आदेश दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

आदेशमा रिट निवेदनको एकएकप्रति नक्कल समेत साथै राखी विपक्षीहरुका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि, निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाउन भनिएको छ ।

गोल्छाको पक्षबाट उनकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै गोल्छालाई हिरासतमा राख्नुको कारण र आधारसहित बाटोको म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो । यसअघि सोमबार मात्रै काठमाडौं जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३ मा जोडिएपछि गोल्छालाई सीआईबीको टोलीले वैशाख १० गते नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit