Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्य तीन हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य तीन हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार रुपैयाँले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यो सँगै महासँगले बुधबारका लागि सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि सुन प्रतितोला तीन हजारले घटेर दुई लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ।महासंघले आजका लागि चाँदीको मोल तोलामा चार हजार नौ सय १५ रूपैयाँमा कायम भएको जनाएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय दुई अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit