Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

२७३८ विन्दुमा नेप्से,करिब पाँच अर्बको कारोबार

२७३८ विन्दुमा नेप्से,करिब पाँच अर्बको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको विहीबार आइपुग्दा शेयर बजार घट्ने क्रम जारी छ । यो दिने नेप्से परिसूचक पाँच दशमलव ७३ अंकले घटेर दुई हजार ७३८.७२ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । धितोपत्र र ऋणपगरी यो दिन ३४६ कम्पनीले कारोबार गर्दा चार अर्ब ९१ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायन्स स्पेनिङ मिल्स,आँखुखोला जलविद्युत कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, शिवम् सिमेन्ट, एनआरएन इन्फाष्ट्रचर डेभलपमेन्ट लिमिटेडको १५ करोड ४२ लाख रुपैयाँदेखि २६ करोड ७५ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

घटेको बजारमा पनि श्रीनगर एग्रिटिज इन्ड्रटिज, शिखर पावर डेभलपमेन्ट, एशियन हाइड्रो पावर,रिभरफल्स लिमिटेड,एसवाई प्यानृल कम्पनीको ३.८१ प्रतिशतदेखि १२.५७ प्रतिशतसम्मले बढेको छ ।

त्यस्तै घटेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, माईखोला हाइड्रोपावर, नबिल बैंकको ऋणपत्र, एनआईसी एशिया  ग्राेथ फण्ड,सोलु हाइड्रोपावरको शेयर मूल्य ४.१८ प्रतिशतदेखि १०.३८ प्रतिशतसम्मले घटेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit