Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

हामीले भवन मात्र बनाएनौं ग्राहकमाझ होटलको सेवाप्रति बलियो जग हाल्यौं : सञ्चालक अग्रवा

हामीले भवन मात्र बनाएनौं ग्राहकमाझ होटलको सेवाप्रति बलियो जग हाल्यौं : सञ्चालक अग्रवा
विज्ञापन
Advertisement

काठमाडौं । मेरियट होटलले आफ्नो स्थापनाको सातौं वर्ष पूरा गरेको छ । सन् २०१९ अप्रिल २८ बाट सञ्चालनमा आएको यस होटलले सात वर्षको छोटो अवधिमै नेपालको आतिथ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा होटलका सञ्चालक गौरव अग्रवालले सुरुवाती दिनहरू स्मरण गर्दै भने,– ‘सात वर्षअघि यो केवल एउटा व्यवसायिक निर्णय मात्र थिएन, नेपालको संस्कृति र प्राकृतिक सौन्दर्यलाई विश्वमञ्चमा उत्कृष्ट स्थान दिलाउने एउटा दृढ विश्वास थियो। हामीले केवल भवन मात्र बनाएनौं, उच्चस्तरीय मापदण्ड र बलियो प्रतिबद्धताको जग पनि हाल्यौं।’

त्यस्तै, होटलका महाप्रबन्धक शंकुष महाजनले लक्जरीलाई जिम्मेवारीसँग जोड्दै होटल एलईईडी गोल्ड सर्टिफाइड हुनुले ऊर्जा दक्षता र वातावरणीय संरक्षणप्रतिको लगाव पुष्टि गर्ने धारणा राखे । होटलको वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा होटलले आफ्नो सामाजिक र वातावरणीय दायित्वलाई पनि उत्तिकै महत्व दिएको जनाइएको छ ।

सहभागी पाहुनाहरूलाई उपहारस्वरूप गमलासहितको बिरुवा प्रदान गरी दिगोपनाको सन्देश दिइएको भने राष्ट्रिय पुरस्कार विजेता कलाकार कृष्ण लामाका चित्रकलाहरू प्रदर्शनीमा राखिएका थिए। ती कलाकृति बिक्रीबाट प्राप्त रकमको केही हिस्सा प्रिजनर्स असिस्टेन्स नेपाललाई सहयोगस्वरूप प्रदान गरिने बताइएको छ ।

सात वर्षको उपलब्धि
सन् २०१९ मा मेरियट इन्टरनेशनलको विश्वव्यापी अभियानमा जोडिएदेखि नै यस होटलले नेपालको पर्यटन र आतिथ्य क्षेत्रमा नयाँ आयाम थपेको बताइएको छ। हाल यो होटल राजधानीको मुटुमा व्यवसायिक तथा पर्यटकीय पाहुनाहरूका लागि पहिलो रोजाइको गन्तव्य बनेको छ। स्थानीय संस्कृतिलाई अन्तर्राष्ट्रिय ब्रान्डसँग संयोजन गर्दै काठमाडौं मेरियटले आगामी दिनमा पनि गुणस्तरीय सेवा र सामुदायिक सहभागितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit