Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

देशमा डिजिटल रूपान्तरणले खोल्नेछ युवा उद्यमशीलताको नयाँ ढोका : मल्होत्रा

देशमा डिजिटल रूपान्तरणले खोल्नेछ युवा उद्यमशीलताको नयाँ ढोका : मल्होत्रा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले देशको वर्तमान राजनीतिक स्थिरता र तीव्र डिजिटल रूपान्तरण नै आर्थिक विकासको नयाँ प्रस्थानविन्दु हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘बाह्रखरी इकोनोमिक सिम्पोजियम’मा करिब दुईतिहाइ बहुमतसहितको सरकार गठन भएसँगै मल्होत्राले नीतिगत स्थायित्व र प्रविधिको विकासमा जनस्तरमा आशा र सकारात्मक ऊर्जा बढेको बताए।

विज्ञापन
Advertisement
Advertisement

विगत ३६ वर्षको बहुदलीय व्यवस्थामा सरकार परिवर्तनको चक्र दोहोरिँदा विकासको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गर्दै उनले वर्तमान सरकारले नीतिगत स्थायित्व सुनिश्चित गरे लगानीकर्ताको विश्वास बढाउने बताए । ‘राजनीतिक स्थिरता नै आर्थिक वृद्धिको मूल आधार हो। यसले लगानीकर्ताको विश्वास बढाउँछ र दीर्घकालीन विकासका लागि वातावरण तयार गर्छ,’ उनले भने ।

उनले अबको नेपालको प्राथमिकता डिजिटल रूपान्तरणलाई तीव्र बनाउनु र फाइभजी प्रविधिको सुरुआत गर्नु हुनुपर्नेमा जोड दिए। डिजिटल पूर्वाधारलाई अब विलासिताभन्दा बढी अनिवार्य आवश्यकताको रूपमा लिनुपर्ने उनको धारणा थियो। यसले शिक्षा, स्वास्थ्य, ई–कमर्स र सुशासनका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने धारणा राखे । डिजिटल पूर्वाधार सुदृढ हुँदा युवा उद्यमशीलतालाई पनि थप ऊर्जा मिल्ने र आधुनिक अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने मल्होत्राको विश्वास छ।

कार्यक्रममा सहभागी भारतीय नीति–निर्माता अमिताभ कान्तको योगदानको प्रशंसा गर्दै उनले नेपाल–भारतबीचको आर्थिक र रणनीतिक सहकार्य अझ सुदृढ हुने अपेक्षा व्यक्त गरे। विशेष गरी पर्यटन, डिजिटल अर्थतन्त्र र सीमापार लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए। नेपाल र भारतबीचको भौगोलिक तथा सांस्कृतिक निकटतालाई सदुपयोग गर्दै संयुक्त पर्यटन सर्किट विकास गर्न सके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने र यसले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने उनको भनाइ थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit