Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

‘भिभो भी७० एफ ई’ नेपाली बजारमा आउँदै

‘भिभो भी७० एफ ई’ नेपाली बजारमा आउँदै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा भिभोले आफ्नो लोकप्रिय ‘भी’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो भी७० एफ ई सार्वजनिक गर्ने तयारी गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

विशेषगरी घुमफिरका सौखिन र फोटोग्राफी प्रेमीहरूलाई लक्षित गरी तयार पारिएको यो फोनलाई कम्पनीले ‘२०० एमपी एआई ट्राभल पोट्र्रेट’ स्मार्टफोनको रूपमा ब्राण्डिङ गरेको छ।

यस स्मार्टफोनको मुख्य आकर्षणका रूपमा २०० एमपी ओआईएस अल्ट्रा–क्लियर क्यामेरा रहने छ, जसले यात्राका दृश्य, पोट्र्रेट तथा ग्रुप फोटोहरूमा उत्कृष्ट डिटेल र स्पष्टता दिने विश्वास गरिएको छ । इमेजिङ अनुभवलाई अझ स्मार्ट बनाउने उद्देश्यले भिभोले नयाँ एआई इमेजिङ फिचरहरू पनि समावेश गर्ने कम्पनी स्रोतले जनाएको छ । दृश्य, वातावरण र प्रकाशअनुसार एआईले स्वतः फोटोहरूलाई प्राकृतिक रूपमा परिमार्जन गर्नेछ, जसले सामान्य क्षणलाई पनि आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

डिजाइन पक्षमा पनि भिभो भी७० एफ ईले विशेष पहिचान बनाउने संकेत देखिएको छ । ट्रेन्डी र प्रिमियम डिजाइन अवधारणामा तयार गरिएको यस डिभाइसमा नयाँ सिग्नेचर कलरहरू र आकर्षक डाइनामिक रिङ डिजाइन देख्न सकिने अपेक्षा गरिएको छ । ब्याट्र प्रदर्शनका हिसाबले पनि भी७० एफ ईले दिनभर सहज अनुभव दिने विश्वास गरिएको छ । ७००० एमएएचको ब्लु भोल्ट ब्याट्री र ९० वाटको फ्ल्याश चार्ज जस्ता सुविधाहरू राखिने बताइएको छ , जसले लामो समयसम्म प्रयोग तथा छिटो चार्जिङ अनुभव दिन मद्दत गर्न सक्छ । भिभोले भी७० एफ ई सम्बन्धी थप जानकारी आधिकारिक लन्च नजिकिँदै जाँदा क्रमशः खुलाउँदै जाने जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit