Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एमआरपी विवादले गर्दा वीरगन्ज भन्सार ठप्प : १४ सयभन्दा बढी मालवाहक सवारी रोकिए

एमआरपी विवादले गर्दा वीरगन्ज भन्सार ठप्प : १४ सयभन्दा बढी मालवाहक सवारी रोकिए
विज्ञापन
Advertisement

वीरगन्ज (पर्सा) । अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनसम्बन्धी विवादका कारण वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित बनेको छ। भन्सार जाँचपास प्रक्रिया अवरुद्ध हुँदा करिब १४ सयभन्दा बढी मालवाहक सवारीसाधन रोकिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा तरकारी–फलफूल बाहेक अन्य अधिकांश वस्तुको जाँचपास हुन सकेको छैन। आयातकर्ता तथा निर्यातकर्ताले वैशाख १५ गतेदेखि लागू गरिएको एमआरपी प्रावधानको विरोध गर्दै जाँचपास प्रक्रियामा सहभागिता नजनाउँदा समस्या उत्पन्न भएको हो।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार दैनिक दुई सयभन्दा बढी मालवाहक सवारी थपिँदै जाँदा जामको अवस्था झन् जटिल बन्दै गएको छ। “हामी प्रक्रिया अघि बढाउन तयार छौँ, तर आयातकर्ताहरूले फाराम भर्ने र घोषणा गर्ने कार्यमा सहभागी नहुँदा जाँचपास रोकिएको हो,” उनले भने। उनका अनुसार भन्सार विभागले समस्या समाधानका लागि आवश्यक समन्वय गरिरहेको छ।

यसबीच, भारतको रक्सौल क्षेत्रमा समेत मालवाहक सवारीसाधनको लामो लाइन लागेको छ। एकीकृत सुरक्षा भन्सार जाँचचौकी व्यवस्थापन गर्ने टीआरएस हिमालयन लर्जी पार्क प्रालिका इन्चार्ज गणेश घिमिरेले देखिएको समस्या छिटो समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।

वीरगन्ज भन्सार कार्यालयले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व सङ्कलन गर्दै आएको छ। यस्तो अवस्थामा जाँचपास अवरुद्ध हुँदा राज्यको राजस्वमा समेत असर परेको छ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले समस्या लामो समयसम्म कायम रहँदा राज्य र व्यवसायी दुवैलाई नोक्सान हुने उल्लेख गर्दै आवश्यक समन्वयमार्फत शीघ्र समाधान खोज्न आग्रह गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit