Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा १५ प्रतिशत छुट सुविधा

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा १५ प्रतिशत छुट सुविधा
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल बैंक लिमिटेड र ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई उपचार सेवामा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार आयोजित एक कार्यक्रममा दुई संस्थाबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र हस्पिटलको तर्फबाट प्रशासन प्रमुख प्रकाश कुमार भट्टराईले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकका कर्मचारीहरूले बि एण्ड बि हस्पिटलमा उपचार गराउँदा बिल रकममा १५ प्रतिशत छुट पाउनेछन् । यो सुविधा प्राप्त गर्न ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।

नेपालको पहिलो बैंक नेपाल बैंकले हाल आफ्ना २३१ शाखा, २४६ ए.टि.एम. र ६१ एक्सटेन्सन काउन्टर मार्फत देशभरका करिब २७ लाख ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । यस स्वास्थ्य सम्झौताले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचारमा आर्थिक राहत पुग्ने विश्वास बैंकले लिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit