Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पूर्वसभामुख महराविरुद्ध साढे ८ करोड बढी बिगो मागदाबी सहित मुद्दा दर्ता

पूर्वसभामुख महराविरुद्ध साढे ८ करोड बढी बिगो मागदाबी सहित मुद्दा दर्ता
विज्ञापन
Advertisement

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा महराविरुद्ध मुद्दा दर्ता भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

मुद्दा दर्तासँगै महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरेको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस सुरु हुनेछ । बहसपछि महरालाई धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ ।

२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप रहेको छ। उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो। यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

 

तस्बिर :  नेपाल न्यूज बैंक

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit