Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

बालेन्द्र सरकारलाई हर्कको प्रश्न : के राज्यको ढुकुटी तपाईँको मात्रै हो ?

बालेन्द्र सरकारलाई हर्कको प्रश्न : के राज्यको ढुकुटी तपाईँको मात्रै हो ?
विज्ञापन
Advertisement

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले सरकारको पछिल्लो कार्यशैलीको आलोचना गरेका छन् । सीमा सुरक्षा, सुकुम्बासी समस्या र देशको आर्थिक अवस्थालाई लिएर सरकारको कार्यशैलीमाथि उनले प्रश्न उठाएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार सरकारलाई खुला पत्र लेख्दै साम्पाङले विशेषरी भारतले नेपालको लिपुलेक हुँदै कैलाश–मानसरोवर जाने बाटो बनाउँदा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । भारतले महाकाली नदी मिचेर बाटो बनाइरहँदा पनि रोक्न नसकेको भन्दै उनले सरकारलाई भनेका छन्–‘महाकाली मिचेर भारतले बाटो बनाएर किनारै किनार लगिरहँदा किन रोक्नु भएन ? अब सो बाटो सम्पन्न गरेर नाका संचालनको चरणमा पुगिसकेको यो बेला एउटा कुटनीतिक नोट मात्रै पठाएर कर्मकाण्डी सरकारी औपचारिकता पूरा गरेर मात्रै हुन्छ ?, सो विषयलाई सम्वादमा ल्याउन वार्ता टोली बनाएर वार्ता शुरु गर्नु पर्दैन ।?’

उनले केवल कुटनीतिक नोट पठाएर औपचारिकता निभाउनुको साटो सरकारलाई चीन, भारत, नेपाल र संयुक्त राष्ट्र संघ सम्मिलित चौपक्षीय वार्ता टोली बनाएर संवाद थाल्न सुझाएका छन् । राईले भनेका छन्, ‘चीन, भारत, नेपाल र युएनलाई राखेर चारै पक्षबीच वार्ता गरेर सीमा जोगाउन तिर लाग्नु ।’

उनले पत्रमा सेनाको प्रयोगका बारेमा पनि कडा टिप्पणी गरेका छन् । राईले लेखेका छन्, ‘सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न वा व्यक्तिगत पाले बनाउन होइन, सिमानाको रक्षा गर्न खटाउनु पर्छ ।’ सिमानामा सेना नभएकै कारण नेपाली भूमि मिचिएको दाबी गर्दै उनले सुकुम्बासी बस्ती भत्काउन डोजर र सुरक्षाकर्मी लैजानुको साटो सिमाना रक्षामा केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन् । यद्यपी सुकुम्बासी बस्तीमा सेना परिचालन गरिएको विषयलाई लिएर जंगेअड्डाले त्यसबारे स्पष्ट गरिसकेको छ।

अध्यक्ष राईले सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमको विरोध गर्दै डोजरहरुलाई बाढीले क्षतिग्रस्त सडक बनाउन र विपद् व्यवस्थापनमा लगाउन सुझाव दिएका छन् । यस्तै, बजेट निर्माण प्रक्रियामा सबै पार्टीका सांसदहरुको सुझाव र जनताका समस्यालाई सरकारले समेट्नुपर्ने उनको धारणा छ । वर्तमान सरकारले बजेट निर्माणको छलफलमा अन्य पार्टीका सांसदसँग छलफल नगरेकोप्रति राईले टिप्पणी गरेका छन् । ‘बजेट बनाउने क्रममा सबै पार्टीका सांदहरुको क्षेत्रगत जनताका समस्यालाई सम्बोधन गर्दै बजेट बनाउनु पर्दैन ? के राज्यको ढुकुटी तपाईँको मात्रै हो।?’

यी प्रश्नहरुको उत्तर जनतालाई दिन सरकारलाई हर्कको आग्रह छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit