Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सुर्खेतमा विषादीयुक्त तरकारीको बिगबिगी, नष्ट गरिए काउली र गोलभेँडा

सुर्खेतमा विषादीयुक्त तरकारीको बिगबिगी, नष्ट गरिए काउली र गोलभेँडा
विज्ञापन
Advertisement

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भित्रिने तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएपछि नगरपालिकाले बजार अनुगमन र परीक्षणमा निकै कडाइ गरेको छ। बाहिरी जिल्ला र स्थानीय स्तरबाटै आउने तरकारीमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने ‘अर्गानोफस्फेट’ विषादीको मात्रा उच्च पाइएपछि यस्तो कदम चालिएको हो।

विज्ञापन
Advertisement
Advertisement

हालै गरिएको परीक्षणका क्रममा दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत ल्याइएको काउलीमा ९५ प्रतिशतसम्म अर्गानोफस्फेट विषादी फेला परेको छ। कृषि प्रयोगशालाका नायव प्राविधिक सहायक धनसिंह धामीका अनुसार यो मात्राको विषादी हुनु भनेको तरकारी नभई ‘सिधै विष’ सेवन गर्नु सरह हो। उनका अनुसार यस्तो तरकारी छुँदा मात्रै पनि स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। ‘काउलीमा ९५ प्रतिशतसम्म विषादी देखिनु भनेको सिंधै विष सेवन गर्नु सरह हो,’ उनले भने ।

काउलीसँगै बर्दियाको टमाटरमा पनि ५४ प्रतिशत विषादी पाइएको छ । सुर्खेतकै स्थानीय काउलीमा पनि ४६ प्रतिशत विषादी पाइएकाले यी तरकाली खान नमिल्ने प्रयोगशालाले जनाएको छ । ४५ प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारीलाई खानै नमिल्ने सूचीमा राखेर तत्काल नष्ट गर्नुपर्ने प्रावधान छ। वीरेन्द्रनगरबाट कर्णालीका अन्य पहाडी जिल्लाहरूमा समेत तरकारी निर्यात हुने भएकाले नगरपालिकाले परीक्षणलाई तीव्रता दिएको जनाएको छ। एक हप्ताको अवधिमा ५० भन्दा बढी नमुना परीक्षण गर्दा अधिकांशमा तोकिएको मापदण्डभन्दा बढी विषादी पाइएको छ।

नगरपालिकाले विषादी पुष्टि भएका तरकारीहरू बरामद गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिने र किसानहरूलाई विषादीको पर्खने अवधि बारे सचेत गराउने रणनीति लिएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit