Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
विज्ञापन
Advertisement

नवलपरासी । कामना सेवा विकास बैंकले विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासीको सर्दीस्थित श्री जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको सर्दी शाखा कार्यालयमार्फत विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत कुल १३८ जना विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुलाई वर्णमाला, अंक, र एबीसीडीका शैक्षिक चार्टहरू, हप्ताका दिन र महिना सम्बन्धी चार्टहरू, नर्सरी तहका अध्ययन सामग्री र शैक्षिक उपकरणहरू, कापी, पेन्सिल, पेन्सिल कलर र बालबालिकाका लागि खेलमुखी अध्ययन सामग्री दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिन्जलीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रमुख भण्डारीले यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिन्जलीले बैंकको सहयोगप्रति आभार प्रकट गर्दै यस्ता सामग्रीले सामुदायिक विद्यालयका विद्यार्थीहरूको मनोबल बढाउनुका साथै सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit