Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङटिङले आफ्नो सेवा श्रीलङ्कामा विस्तार गरेको छ । यसक्रममा कम्पनीले कोलम्बोस्थित इफेक्टिभ सोलुशन्ससँग सहकार्य गर्दै एआईमा आधारित व्यावसायिक सञ्चार प्रणाली प्रदान गर्ने सम्झौता गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

इफेक्टिभ सोलुशन्स श्रीलङ्कामा व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधि प्रयोग गर्न सहयोग गर्दै आएको कम्पनी हो । यो संस्था ‘ट्रेस’ नामक श्रीलङ्काको सार्वजनिक प्लेटफर्ममा सूचीकृत छ, जसले नयाँ व्यवसाय, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनमा सहयोग पु¥याउँछ ।
टिङटिङले श्रीलङ्कामा कार्यालय स्थापना गरी स्थानीय ग्राहकलाई प्रत्यक्ष सेवा दिने योजना अघि बढाइसकेको जनाएको छ । कम्पनीले नेपालमा बैंक, बीमा कम्पनी, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने सरकारी लक्ष्यअनुसार टिङटिङले काम गरिरहेको बताए । ‘हामी विश्वव्यापी रूपमा विस्तार हुने योजनामा छौं। यो त्यही यात्राको महत्वपूर्ण पाइला हो,’ उनले भने । उनका अनुसार आईटी तथा प्रविधि क्षेत्रको विस्तारले नेपालमा रोजगारी सिर्जनामा समेत योगदान पु¥याउनेछ ।

इफेक्टिभ सोलुशन्सका निर्देशक हमिन्दा जयवेराले नेपाली एआई कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले श्रीलङ्काका उद्यमी र सेवा प्रदायकलाई ठूलो लाभ पु¥याउने विश्वास व्यक्त गरे । हाल श्रीलङ्कामा धेरैजसो व्यवसायहरूले ग्राहकसँग टेलिफोन, सन्देश, सामाजिक सञ्जाल, इमेल, वेब च्याट र कल सेन्टरमार्फत छुट्टाछुट्टै रूपमा सम्पर्क गर्ने गरेका छन्। यसले सन्देश छुट्ने, प्रतिक्रिया ढिला हुने, ग्राहकको सन्दर्भ हराउने तथा सेवा गुणस्तर मापन गर्न कठिन हुने जस्ता समस्या देखिएका छन् ।

यिनै चुनौती समाधान गर्न टिङटिङले कृत्रिम बुद्धिमत्ता–सञ्चालित एकीकृत सञ्चार प्रणाली श्रीलङ्कामा ल्याएको हो । यस प्रणालीमार्फत प्रत्येक कलको अभिलेखन, प्रतिलेखन, भावना विश्लेषण, एआईद्वारा तयार गरिएको सारांश तथा प्रत्यक्ष विवरण हेर्न सकिने सुविधा उपलब्ध हुन्छ । यसले व्यवस्थापनलाई ग्राहक अनुभव, सेवा गुणस्तर र सुधारका क्षेत्र पहिचान गर्न सहज बनाउने विश्वास गरिएको छ ।

व्यावसायिक सञ्चारलाई सरल, सहज र एकीकृत बनाउने लक्ष्यसहित टिङटिङले काम गरिरहेको छ। यसअघि कम्पनीले ‘वेब समिट कतार २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रविधि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको थियो। श्रीलङ्कामा सेवा विस्तारसँगै “नेपालमा बनेको, विश्वका लागि” भन्ने नारालाई थप सशक्त बनाएको कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit