Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठको पदबहाली पश्चात व्यक्त ६ स्तम्भ, ६० पहल, यस्ता छन् आर्थिक सुधारको योजना

नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठको पदबहाली पश्चात व्यक्त ६ स्तम्भ, ६० पहल, यस्ता छन् आर्थिक सुधारको योजना
विज्ञापन
Advertisement

 काठमाडाैं ।  नेपाल उद्योग वाणिज्य महासंघकाले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै ‘छ स्तम्भ, साठी पहल’ नामक विस्तृत कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

२०८३ वैशाख २४ गते बसेको महासंघको ६०औं वार्षिक साधारणसभाबाट नव–निर्वाचित २१औं अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा यो कार्यक्रम औपचारिक रूपमा अघि बढाइने भएको हो।

महासंघले निजी क्षेत्रको साझा आवाजलाई अझ प्रभावकारी, विश्वसनीय र परिणाममुखी बनाउने लक्ष्यसहित यो रणनीतिक योजना तयार गरेको जनाएको छ।

महासंघका अनुसार आगामी कार्यकालमा उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी सुरक्षा र विस्तार, नीति पैरवीको प्रभावकारिता, संघीय संरचनाअनुसार सदस्य संस्थाहरूसँग समन्वय, सेवा प्रवाहको आधुनिकीकरण, डिजिटल प्रणाली विकास, युवा उद्यमशीलता तथा नवप्रवर्तन, साथै अन्तर्राष्ट्रिय व्यापार र आर्थिक कूटनीतिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखिनेछ।

यसका लागि तयार गरिएको ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम अन्तर्गत महासंघको सेवा सुदृढीकरण र सञ्जाल विस्तारदेखि आर्थिक सुधार र सुशासन, प्रतिस्पर्धात्मकता वृद्धि, विकास साझेदारी, श्रम–सीप–उत्पादकत्व सुधार, तथा निजी क्षेत्र प्रवर्द्धन र संरक्षणसम्मका क्षेत्र समेटिएका छन्।

कार्यक्रम अन्तर्गत सदस्य सेवाको डिजिटल रूपान्तरण, नीतिगत अनुसन्धान शाखा स्थापना, लगानी सम्मेलन आयोजना, स्टार्टअप र युवा उद्यमी प्रोत्साहन, औद्योगिक क्षेत्र विकास, सीपमूलक शिक्षा प्रवर्द्धन, वैकल्पिक वित्त परिचालन, साथै व्यावसायिक विवाद समाधान प्रणाली सुदृढीकरण जस्ता पहलहरू समावेश छन्।

त्यसैगरी, निजी क्षेत्रको संरक्षण, व्यवसायमैत्री कानुन सुधार, व्यापार सहजीकरण, अन्तर्राष्ट्रिय साझेदारी विस्तार र व्यावसायिक सुशासन मजबुत बनाउने विषयलाई पनि प्रमुख प्राथमिकतामा राखिएको महासंघले जनाएको छ।

महासंघले तयार पारेको विस्तृत कार्ययोजनामा प्रत्येक स्तम्भअन्तर्गतका पहलहरू, कार्यान्वयन समयसीमा, जिम्मेवारी निर्धारण र अपेक्षित उपलब्धिसमेत समेटिएको छ। अध्यक्ष अञ्जन श्रेष्ठको पदबहालीसँगै यी कार्यक्रमहरू चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने महासंघले स्पष्ट पारेको छ।

महासंघले यो पहललाई निजी क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि र देशको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने ऐतिहासिक कार्यक्रमका रूपमा लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit