Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

रिलायन्स फाइनान्सबाट ‘होम अप्लायन्स’ खरिद गर्न ग्राहकले कर्जा पाउने

रिलायन्स फाइनान्सबाट ‘होम अप्लायन्स’ खरिद गर्न ग्राहकले कर्जा पाउने
विज्ञापन
Advertisement

काठमाडौं । रिलायन्स फाइनान्सले ग्राहकहरूलाई घरायसी विद्युतीय उपकरण (होम अप्लायन्स) खरिदमा सहजता प्रदान गर्न अल्फा इनोभेसनसँग सम्झौता गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता पत्रमा फाइनान्सका उप–कार्यकारी अधिकारी रामहरि आचार्य र अल्फा इनोभेसनका सञ्चालक सतिश रमन शाहले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार अब ग्राहकहरूले विभिन्न ब्राण्डका होम अप्लायन्सहरू किस्ताबन्दी वा कर्जा सुविधामार्फत खरिद गर्न सक्नेछन्। रिलायन्स फाइनान्सले उपभोक्ता कर्जा अन्तर्गत ध्भदगच, ल्भहयल, र ऋजबलनजयलन ब्राण्डका होम अप्लायन्स खरिद गर्न ऋण उपलब्ध गराउनेछ।

कर्जा लिन चाहने ग्राहकले अल्फा इनोभेसनका विभिन्न शाखाहरूमा गएर आफूलाई आवश्यक पर्ने उपकरण छनोट गरी सरल प्रक्रियाबाट ऋण प्राप्त गर्न सक्ने फाइनान्सले जनाएको छ। रिलायन्स फाइनान्सका ग्राहकहरूले मोबाइल बैंकिङ एप वा एटीएम कार्डमार्फत भुक्तानी गर्दा अल्फा इनोभेसनले विशेष नगद छुटसमेत प्रदान गर्ने जनाएको छ।

देशभर २१ वटा शाखाहरू मार्फत सेवा दिइरहेको रिलायन्स फाइनान्सले आफ्ना ग्राहकहरूलाई आधुनिक र नवीन सुविधाहरू प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit