काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ओरालो लाग्दा चाँदीको मूल्य बढेको छ। आइतबार एक हजार रूपैयाँले घटेको सुनको भाउ आज पनि चार सय रूपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो कारोबार दिन एक तोला सुन दुई लाख ९८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको भाउमा ४० रूपैयाँ वृद्धि भएको छ । चाँदी आज तोलामा पाँच हजार तीन सय ४० रूपैयाँ तोकिएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार तीन सय रूपैयाँमा कारोबार भएको
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्