Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
विज्ञापन
Advertisement

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज ९वैशाख २९ गते० देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा जेठ १ गतेसम्म र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सञ्चालन गरिरहेको १३।५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेड रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit