Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्य तोलामा ९०० र चाँदी २० रुपैयाँले सस्तियो, आजको कारोबार मूल्य कति ?

सुनको मूल्य तोलामा ९०० र चाँदी २० रुपैयाँले सस्तियो, आजको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

विज्ञापन
Advertisement
Advertisement

गत शुक्रबारको तुलनामा आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मोलमा सोमबार पुनः ९०० रुपैयाँले गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन एक तोला सुन दुई लाख ९० हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० र बिहीबार दुई लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको भाउ समेत घटेको छ। आइतबार प्रतितोला चार हजार ६०५ रुपैयाँ तोकिएको चाँदी आज चार हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २० रुपैयाँले कम हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit