Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

प्रधानमन्त्रीलाई के भएको हो जाँच गराएर सदनलाई जानकारी गराइयोस्: कांग्रेस

प्रधानमन्त्रीलाई के भएको हो जाँच गराएर सदनलाई जानकारी गराइयोस्: कांग्रेस
विज्ञापन
Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र व्यवहारप्रति कडा असन्तुष्टि जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको शैली ‘अमर्यादित’ भएको टिप्पणी गरे।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गरिरहँदा प्रधानमन्त्री शाह बीचमै बैठक छोडेर बाहिरिएको विषयलाई कांग्रेसले सदनमा गम्भीरतापूर्वक उठाएको छ। नेता आङ्देम्बेले यसलाई संसदीय मर्यादा विपरीतको कार्य भन्दै बालेनको शैलीप्रति प्रश्न गरे । ‘प्रधानमन्त्री हाम्रा पनि सम्पत्ति हुन्। यदि उनको स्वास्थ्य अवस्था ठीक छैन भने के भएको हो? स्वास्थ्य जाँच गराएर सदनलाई यसबारे जानकारी गराइयोस्।’

सोमबार प्रधानमन्त्रीले संसदमा देखाएको व्यवहारप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । सोमबार राती प्रधानमन्त्रीका सल्लाहकार असिफ शाहले स्वास्थ्यका कारण बाहिरिएको भनी फेसबुकमा राखेको स्टाटस केही बेरमै हटाएपछि संसदमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर थप आलोचना भैरहेको छ।

नेता आङ्देम्बेले वर्तमान सरकार जनता र सदनप्रति उत्तरदायी हुनुको साटो सामाजिक सञ्जालमा मात्र सीमित भएको आरोप लगाएका छन्। उनले सरकारको लोकप्रियतावादी शैलीको आलोचना गर्दै प्रधानमन्त्रीले उठेका विषयमा जवाफ दिनुपर्नेमा जोड दिए । उनले लामो समयसम्म सरकारले गृह मन्त्री तोक्न नसक्नुले सत्तापक्षको अक्षमता झल्काएको तथा राज्य व्यवस्था समितिको बैठक प्रधानमन्त्रीकै कारण बस्न नसकेकोउल्लेख गर्दै प्रधानमन्त्री प्रश्नको उत्तर दिने जिम्मेवारीबाट भाग्न नहुने तर्क गरे ।
‘अरूलाई भ्रष्टाचारको एकोहोरो अल्गोरिदम खेदाई गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपमाथि छानबिन नै नगर्ने कस्तो सुशासन हो ?’ आङ्देम्बेले भने, ‘गृहमन्त्रीमाथि छानबिन गर्न सरकार किन हिचकिचाएको?’

उनले सम्पत्ति छानबिन आयोग गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिए । तर, प्रधानमन्त्रीका सयबुँदे घोषणामा टिप्पणी गर्दै उनले भने‘सुन्दर घोषणामा फगत आश्वासन बन्ने चिन्ता लागेको छ । तिनको कार्यान्वयन गरेर जनतालाई परिवर्तनको आभास दिलाउन सरकारले सकोस् ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit