Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

रोयल इनफिल्डद्वारा नेपालमा ‘अर्बन रोडस्टर’ गरिल्ला ४५० सार्वजनिक, मूल्य कति ?

रोयल इनफिल्डद्वारा नेपालमा ‘अर्बन रोडस्टर’ गरिल्ला ४५० सार्वजनिक, मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । रोयल इनफिल्डले आफ्नो बहुप्रतिक्षित ‘अर्बन रोडस्टर गरिल्ला–४५०’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सहरका दैनिक व्यस्त सडकमा देखि लामो यात्रासम्मका लागि उपयुक्त मानिने यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ। नेपालका लागि गरिल्ला ४५० तीनवटा मुख्य भेरियन्ट र आकर्षक ८ रङहरूमा उपलब्ध गराइएको छ।

कम्पनीले ‘सीमाविहीन वारेन्टी कार्यक्रम’ समेत घोषणा गरेको छ, जसले ग्राहकलाई विश्वभरका ३,००० भन्दा बढी सेवा केन्द्रहरूमा वारेन्टी सुविधा प्रदान गर्नेछ।

के छन् विशेषता ?

गरिल्ला ४५० मा हिमालयन ४५० कै चर्चित ‘शेर्पा’ इन्जिन प्रयोग गरिएको छ, जसले दमदार पावर र टर्क दिन्छ।

  • इन्जिन: ४५२ सीसी, सिंगल सिलिन्डर, लिक्विड-कुल्ड (Sherpa Engine)

  • पावर: ४० PS ८,००० RPM

  • टर्क: ४० Nm ५,५०० RPM (८५% टर्क ३,००० RPM बाटै उपलब्ध)

  • गियरबक्स: ६-स्पिड (Assist & Slip Clutch सहित)

  • राइडिङ मोड: ‘Sport’ र ‘Street’

  • टायर र ह्विल: १७ इन्चको ट्युबलेस टायर (Road-focused grip)

  • सस्पेन्सन: ४३ एमएम Showa टेलिस्कोपिक फ्रन्ट फर्क र लिंक-टाइप मोनो-शक

  • Tripper Dash: ४ इन्चको गोलो TFT डिस्प्ले, जसमा Google Maps नेभिगेसन र स्मार्टफोन कनेक्टिभिटी उपलब्ध छ।

  • लाइटिङ: पूर्ण LED हेडलाइट र इन्टिग्रेटेड टेल-ल्याम्प।

  • डिजाइन: ११ लिटरको इन्धन ट्याङ्की, अपस्वेट साइलेन्सर (Upswept Silencer), र आरामदायी स्टेप्ड बेन्च सिट।

  • एक्सेसरिज: इन्जिन गार्ड, सम्प गार्ड, अर्बन सिट, र बार-इन्ड मिरर्स जस्ता थप सुविधाहरू रोज्न सकिने।  कम्पनीले हाल सबै भेरियन्टको सुरुवाती मूल्य ८,९९,००० रुपैयाँ तोकेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit