Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

उपत्यकामा २ हजार २१२ सवारी चालक ट्राफिक कारबाहीमा,२७ लाखभन्दा बढी राजस्व सङ्कलन

उपत्यकामा २ हजार २१२ सवारी चालक ट्राफिक कारबाहीमा,२७ लाखभन्दा बढी राजस्व सङ्कलन
विज्ञापन
Advertisement

काठमाडौं ।  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २१२ जना सवारी चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट २७ लाख ५७ हजार दुई रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८३ जना चालक कारबाहीमा परेका छन् ।

त्यसैगरी, राइड सेयरिङमा १७९, रातोबत्ती उल्लङ्घन गर्ने १३१, तीव्र गतिमा सवारी चलाउने १३९, लेनक्रस गर्ने ९२, फुटपाथ प्रयोग गर्ने १०७, हर्न निषेध उल्लङ्घन गर्ने १२४, एकतर्फी सडकमा नियम तोड्ने १५० तथा अन्य विभिन्न कसुरमा एक हजार २०७ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौबीस घण्टाको अवधिमा गरिएको कारबाहीबाट जम्मा २७ लाख ५७ हजार दुई रुपैयाँ राजस्व दाखिला गरिएको छ ।

ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको स्मरण गराउँदै चालकले त्यस्तो अवस्थामा सवारी चलाएको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit