Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नेपाल इन्स्योरेन्सलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनीको उपाधि

नेपाल इन्स्योरेन्सलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनीको उपाधि
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रको अग्रणी संस्था नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा हालै आयोजना गरेको प्रतिष्ठित ‘१०औं न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ विशेष समारोहका बीच कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो।

आयोजकका अनुसार कम्पनीलाई कुशल कार्यसम्पादन र संस्थागत सुशासन कायम गरेको, मजबुत वित्तीय अवस्था र जोखिम व्यवस्थापन क्षमता उच्च रहेको, डिजिटल प्रविधिको प्रयोग र सरल दाबी भुक्तानी प्रक्रियाबाट ग्राहकलाई सुविधा पुर्याएको तथा पारदर्शी प्रणाली र दीर्घकालीन व्यवसायिक दृष्टिकोणमार्फत व्यवसायिक उत्कृष्टता प्रर्दशन गरेकोले उक्त अवार्ड दिइएको हो ।

अवार्ड ग्रहण गर्दै कम्पनीले यस सफलतालाई आफ्नो पारदर्शी व्यवस्थापन र ग्राहकप्रतिको उत्तरदायित्वको परिणाम भएको जनाएको छ। पछिल्लो समय डिजिटल सेवा विस्तार र छिटो–छरितो दाबी भुक्तानीलाई प्राथमिकता दिएका कारण बजारमा कम्पनीको विश्वास बढेको दाबी गरिएको छ।

सन् २०१३ देखि निरन्तर आयोजना हुँदै आएको यस अवार्ड कार्यक्रमको १०औं संस्करणमा नेपाल इन्स्योरेन्ससहित अन्य विभिन्न १० वटा विधामा उत्कृष्ट संस्थाहरूलाई सम्मानित गरिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit