Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ

भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ
विज्ञापन
Advertisement

रौतहट । जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणको अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकी डाँडास्थित सडकखण्डमा भारतीय पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले ९५ केजी ९६५ ग्राम गाँजा बरामद गरेको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहान करिब ०९ः३० बजे बीआर ०१ पीइ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई चेकजाँच गरेको थियो।

जाँचका क्रममा गाडीको सिटमुनि ’फल्स बटम’ (फल्स क्याबिन) बनाएर लुकाइराखेको अवस्थामा ३० वटा प्याकेटमा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका वडा नं. ०३, पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका स्याङ्तानले प्रति केजी ६ हजार रुपैयाँका दरले उक्त गाँजाको कुल मूल्य करिब ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ पर्ने बताएका छन् ।

प्रहरीले गाँजा र गाडी दुवै नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit