Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

डीडीसी कर्मचारीले पाउँदै आएको दूध–घिउ सुविधा रोक्का, वार्षिक ७८ लाख जोगिने

डीडीसी कर्मचारीले पाउँदै आएको दूध–घिउ सुविधा रोक्का, वार्षिक ७८ लाख जोगिने
विज्ञापन
Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले वर्षौँदेखि उपभोग गर्दै आएको सुविधालाई तत्काल रोक्न निर्देशन दिएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

संस्थान घाटामा गइरहेको र किसानले आफ्नो दूधको उचित मूल्य नपाइरहेको अवस्थामा कर्मचारीहरूले भने राज्यको सम्पत्तिमा रजाइँ गरिरहे भन्दै उनले कर्मचारीले लिँदै आएको सेवा रोक्न आदेश दिएकी हुन् ।

डीडीसीका कर्मचारीहरूले नियमविपरीत दैनिक रूपमा दूध र मासिक रूपमा घिउ सित्तैमा घर लैजाने गरेका थिए। एकातिर दूध बिक्री नभएर किसानहरू सडकमा दूध पोख्न बाध्य हुने स्थिति सिर्जना हुनु र अर्कोतिर भित्रभित्रै कर्मचारीले सित्तैमा उपभोग गर्नुले संस्थानको व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको भन्दै मन्त्रीले उक्त सुविधा तत्काल रोक्न सोमबार निर्देशन दिएकी थिइन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार यो सुविधा कटौती गर्दा राज्यको वार्षिक रुपमा ७८ लाख रुपैयाँ बचत हुन्छ । ‘संस्थान कर्मचारी पाल्नका लागि मात्र होइन, किसान र उपभोक्ताको सेवाका लागि हो,’ मन्त्री चौधरीले भनेकी छन् । कर्मचारीको सुविधा कटौती गरेर बचत हुने वार्षिक ७८ लाख रुपैयाँलाई अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रमहरूमा खर्च गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit