काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य थपघट भएको छ । आज सुन तोलामा ७०० रुपैयाँले घट्दा लगातार चार कारोबार दिन समेत चाँदीको मोल १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७१० रुपैयाँ कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्