Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

जेनजी सहीदहरुको शालिक निर्माण गर्न सिंहदरबार परिसरको गुरु योजना संशोधन गर्ने सरकारको निर्णय

जेनजी सहीदहरुको शालिक निर्माण गर्न सिंहदरबार परिसरको गुरु योजना संशोधन गर्ने सरकारको निर्णय
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले निर्माणाधिन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहीदहरुको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृति दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । ‘निर्माणाधिन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरुको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको छौं’ उनले भने ।

यस्तै, सरकारले सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय पनि गरेको छ । गृहमन्त्री एवं सरकारका प्रवक्ता अर्यालले ,‘सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकति प्रदान गर्ने निर्णय भएको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit