images images images
images images images
images
images
images

सभाको इज्जत राख्न प्रधानमन्त्रीलाई सभामुखले ‘रुलिङ’ गरेर बोलाउनुपर्यो: कांग्रेस

images

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई तत्काल प्रतिनिधि सभाको बैठकमा उपस्थित गराउन माग गरेको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले सभामुखसँग यस्तो रुलिङको माग गरेका हुन् ।

इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राईले प्रधानमन्त्री सदनप्रति जवाफदेही हुनुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराए। उनले सभामुखलाई सम्बोधन गर्दै संसद्‌को गरिमा र इज्जत जोगाउन प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको तर्क गरे।

images
images

‘सभाको गरिमा बढाउने र इज्जत राख्ने राख्ने भूमिका सम्माननीय सभामुख महोदयकै हो। हजुर हाम्रो नायक पनि हो। तपाईंले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन। त्यसैले सभामुख मार्फत तत्काल सम्माननीय ज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’

गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्री बनेका बालेन शाहको कार्यशैली र केही पछिल्ला सरकारी निर्णयहरूलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा प्रश्न उठाउँदै आएको छ। मंगलबारको बैठकमा पनि कांग्रेसले प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीमाथि प्रश्न उठाएको थियो ।

बुधबार पनि राईले संसद्‌मा उठाइएका सार्वजनिक चासोका विषयहरूमा प्रधानमन्त्री आफैँ उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेका हुन् । उनले भने, ‘सदनमा प्रधानमन्त्रीको उपस्थित आजपनि खोज्नुपर्यो । उहाँ आफैँले बनाएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची राखिएको छ, तर सदनमा हामीले प्रधानमन्त्रीलाई देखिरहेको छैनौं।’

 

images
images

प्रतिक्रिया दिनुहोस्