Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

हावाहुरीले कोहलपुर–सुर्खेत १३२ केभीका दुई टावर ढल्दा विद्युत् आपूर्तिमा समस्या

हावाहुरीले कोहलपुर–सुर्खेत १३२ केभीका दुई टावर ढल्दा विद्युत् आपूर्तिमा समस्या
विज्ञापन
Advertisement

बाँके । बाँकेको चिसापानी क्षेत्रमा हावाहुरीका कारण रुख ढल्दा कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनका दुईवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यसले कर्णाली प्रदेशको विद्युत् आपूर्तिमा गम्भीर अवरोध पुर्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

विद्युत् आपूर्ति प्रभावित बनेको घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चासो राख्दै मर्मत तथा छानबिन कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत सुचारु गर्न पहल गरिरहेको जनाएको छ।

उक्त घटनापछि प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमण राज शर्माको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ। प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आर एस इन्फ्रा कम्पनीले लिएको थियो । हालको क्षतिमा टावरको फाउन्डेसन नै पुनः निर्माण गर्नुपर्ने अवस्था देखिएको र मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको छ।

१३२ केभी लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्तिलाई सुचारु गर्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको छ। तर उक्त लाइनको क्षमता कम भएकाले विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको आयोजना हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit