Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

प्राधिकरणको वार्षिकोत्सवमा आयोजित स्वास्थ्य शिविरमा १७८ जनाले लिए सेवा

प्राधिकरणको वार्षिकोत्सवमा आयोजित स्वास्थ्य शिविरमा १७८ जनाले लिए सेवा
विज्ञापन
Advertisement

विराटनगर । नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा कुल १७८ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसअन्तर्गत ६५ जनाले रक्तदान गरेका छन् भने १०९ जनाले आँखा परीक्षण सेवा तथा ४३ जनाले दन्त परीक्षण सेवा लिएको प्राधिकरणले जानकारी दिएको छ । कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश, हिमाल आँखा अस्पताल तथा शान्ति फर्मेसी तथा दन्त क्लिनिक, विराटनगरले सहकार्य गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवामूलक कार्यक्रममार्फत समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रयासलाई निरन्तरता दिँदै आएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit