काठमाडौं । एनआईसी एशिया बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिका–देउपुरस्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत १९१ भन्दा बढी विद्यार्थीहरूको पठनपाठन र खेलकुद गतिविधिलाई थप सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ।
आषाढ १२ गते आयोजित कार्यक्रममा बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा तथा प्रधानाध्यापक दीपक शर्मालाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिए।
बैंकले विद्यार्थीहरूका लागि झोला, कपी, पेन्सिल, पेनलगायत शैक्षिक सामग्री तथा फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सटपुट बल र जेभलिन थ्रोलगायत खेलकुद सामग्री उपलब्ध गराएको छ। कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकका अनुसार उक्त सहयोगले विद्यार्थीहरूको अध्ययनसँगै खेलकुद गतिविधिलाई प्रोत्साहन मिल्नुका साथै विद्यालयमा थप गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।















प्रतिक्रिया दिनुहोस्