Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभाव रहेको सांसद दुलालको टिप्पणी

नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभाव रहेको सांसद दुलालको टिप्पणी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारको नीति तथा कार्यक्रमले समतामूलक समाज निर्माण र समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट गन्तव्य नसमेटेको भन्दै बिडम्बना व्यक्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद दुलालले राजनीतिक र वैचारिक दिशा निर्देश स्पष्ट नभए नीति तथा कार्यक्रम अन्योलमा पर्ने टिप्पणी गरे ।

उनले भने, ‘बिडम्बना भन्नुपर्छ, सरकारको नीति कार्यक्रमले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्ने कुरा देखिएन। राजनीतिक वैचारिक गन्तव्य स्पष्ट छैन भने नीति कार्यक्रम अन्योलमा पर्छ । सरकारले आफ्नो राजनीतिक–आर्थिक दृष्टिकोण संविधानको परिधिभित्र रहेर स्पष्ट गर्नुपर्छ ।’ उनले नीति कार्यक्रममा उल्लेख गरिएको १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्यलाई पनि यथार्थपरक आधार नभएको भन्दै प्रश्न उठाए ।

दुलालले विगतका राम्रा नीति र कार्यक्रमहरूको निरन्तरता तथा केही नयाँ कार्यक्रमको घोषणा गरिएकोमा सरकारलाई धन्यवाद दिए। साथै उनले सरकारका कमजोरी मात्र खोज्ने दृष्टिकोणबाट आफू निर्देशित नभएको स्पष्ट पारे ।
उनले लोकतन्त्रलाई अभ्यासमार्फत सुदृढ गर्ने विषय नीति कार्यक्रममा समावेश नभएको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा विद्यार्थी संगठन खारेज गर्ने जस्ता विषयप्रति पनि आपत्ति जनाए । त्यसैगरी, उनले नीति कार्यक्रममा कृषि क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit