Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

मंगलबारदेखि नाडा अटो शो, ५३ सवारी ब्रान्डसहित २१५ बढी स्टल राखिने

मंगलबारदेखि नाडा अटो शो, ५३ सवारी ब्रान्डसहित २१५ बढी स्टल राखिने
विज्ञापन
Advertisement

काठमाडौं। भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’को सम्पूर्ण तयारी पूरा भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)ले सोमबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीको तयारी पूरा भएको जानकारी दिएको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्म प्रदर्शनीस्थलमा २१५ भन्दा बढी स्टल निर्माण भइसकेका छन्।

प्रदर्शनीस्थलको अवलोकन गराउँदै उनले विगतका संस्करणको तुलनामा यसपटक स्टलहरू थप फराकिलो र व्यवस्थित बनाइएको बताए। प्रदर्शनीस्थल ह्विलचेयरमैत्री बनाइएको छ भने पर्याप्त बत्ती, एसी तथा पंखाको व्यवस्था गरिएको नाडाले जनाएको छ । प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपालरमेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ । अवलोकनकर्ताले सवारीसाधनसँगै वित्त, बीमा, सर्भिस तथा पार्ट्ससम्बन्धी जानकारीसमेत एकै स्थानबाट प्राप्त गर्न सक्ने गरी प्रदर्शनीलाई व्यवस्थित गरिएको छ ।

नाडाका अनुसार अटो शोमा ५३ वटा सवारी ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको छ ।अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै नाडाले अग्रिम टिकट बुकिङको व्यवस्था पनि गरेको छ । खल्ती एप वा आधिकारिक क्यूआर कोडमार्फत अग्रिम टिकट काट्न सकिनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको नाडाले जनाएको छ । भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोको उद्घाटन मंगलबार बिहान साढे १० बजे उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष उप्रेतीका अनुसार अटो शोमा आउने अवलोकनकर्ताका लागि दुई स्थानमा पार्किङको व्यवस्था गरिएको छ । नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधन पार्किङ गर्न सकिनेछ । प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ। साथै, सुरक्षाका लागि सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणाली जडान गरिएको नाडाले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit