Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

व्यवसायीलाई एनआईएमबीको सहुलियत, ५.७५ प्रतिशतमा एसएमई कर्जा

व्यवसायीलाई एनआईएमबीको सहुलियत, ५.७५ प्रतिशतमा एसएमई कर्जा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्यम (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने नारासहित ल्याइएको योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा लिन सक्नेछन् । बैंकका अनुसार उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ । व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगितालाई आधार बनाएर ग्राहकलाई उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ ।

योजनामार्फत व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानीलगायत व्यावसायिक आवश्यकताका लागि कर्जा उपयोग गर्न सक्नेछन् । मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यावसायिक विकास र समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य बैंकले लिएको छ ।

बैंकले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit