Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

अनुसन्धान क्षेत्रमा लगानी बढाउन सरकारलाई सांसद पुनको  आग्रह

अनुसन्धान क्षेत्रमा लगानी बढाउन सरकारलाई सांसद पुनको  आग्रह
Oplus_16908288
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’का लागि छुट्याउन सरकारसँग आग्रह गरेका छन । सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिनु स्वागतयोग्य भएको बताए ।

विज्ञापन
Advertisement
Advertisement

“अब आवश्यकता अनुसार बजेट विनियोजन होस्, पुँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याउने प्रस्ताव आओस्”, सांसद पुनले भने । विकसित मुलुकले कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशत सम्म बजेट अनुसन्धान र विकासका क्षेत्रमा खर्च गरिने दृष्टान्त दिँदै उनले अत्यन्त न्यून बजेट व्यवस्था गरेर वैज्ञानिक अनुसन्धानमा फड्को मार्न नसकिने धारणा राखेका हुन।

सांसद पुनले शिक्षकको दरबन्दी बढाएर सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit