Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा मूल्यवृद्धिको जोखिम

भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा मूल्यवृद्धिको जोखिम
विज्ञापन
Advertisement

काठमाडौं । विश्वको दोस्रो ठूलो चिनी उत्पादक राष्ट्र भारतले चिनी निर्यात रोकेको छ। आफ्नो आन्तरिक बजारमा चिनीको मूल्य नियन्त्रण गर्न र पर्याप्त मौज्दात सुनिश्चित गर्न भन्दै भारतले यो कदम चालेको हो ।

विज्ञापन
Advertisement
Advertisement

भारतीय विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचना अनुसार यो प्रतिबन्ध ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को आदेश नआएसम्मका लागि लागू हुनेछ।

भारत सरकारले कच्चा चिनी, सेतो चिनी र प्रशोधित चिनीको निर्यात नीतिलाई ‘प्रतिबन्धित’ श्रेणीमा राखेको छ। यसअघि भारतले करिब १५ लाख ९० हजार मेट्रिक टन चिनी निर्यातको अनुमति दिएको थियो, तर उत्पादनमा आएको ह्रासका कारण देखाउँदै उक्त नीति परिवर्तन गरिएको जनाएको हो।

यद्यपि, केही विशेष अवस्थाहरूमा निर्यात जारी रहने भारतले प्रस्ट पारेको छ। युरोपियन युनियन र अमेरिकातर्फ हुने कोटा अन्तर्गतको निर्यात भने भारतले नरोकिने बताएको छ। यसैगरी, सूचना जारी हुनुअघि नै लोडिङ सुरु भएका वा भन्सार प्रक्रिया पूरा गरिसकेका चिनीका खेपहरू भने निर्यात गर्न पाइनेछ। अन्य देशहरूको खाद्य सुरक्षाका लागि सरकारी स्तरमा हुने सम्झौताका आधारमा विशेष अनुमति लिएर निर्यात गर्न सकिने प्रावधान राखिएको छ।

नेपालमा पर्ने असर

नेपाल आफ्नो वार्षिक मागको करिब १ लाखदेखि १.५ लाख मेट्रिक टन चिनीका लागि भारतमा निर्भर रहँदै आएको छ। भारतको यो निर्णयसँगै नेपाली बजारमा चिनीको अभाव हुने र मूल्य बढ्ने देखिएको छ। चाडपर्व नजिकिँदै गर्दा भारतको यो कदमले उपभोक्ताहरूलाई प्रत्यक्ष मार पर्ने देखिन्छ। यद्यपि, व्यापारीहरूले वैकल्पिक स्रोतका रूपमा ब्राजिल वा थाइल्याण्डबाट चिनी आयात गर्न सक्ने सम्भावना भए पनि आन्तरिक बजारका उपभोक्तालाई ढुवानी लागतका कारण मूल्य महँगो पर्न सक्छ।

भारतका प्रमुख उखु उत्पादक राज्यहरू (महाराष्ट्र र उत्तर प्रदेश) मा वर्षाको कमी र एल निनोको प्रभावले गर्दा उत्पादनमा करिब ५.५% ले कमी आउने अनुमान गरिएको छ। सन् २०२४–२५ मा ९ लाख टन निर्यात गरेको भारतले आगामी वर्षको आपूर्ति सङ्कट टार्न यो कठोर कदम चालेको जनाएको हो।

भारतको यो घोषणापछि विश्व बजारमा चिनीको मूल्य बढेको छ। न्यूयोर्कमा कच्चा चिनीको फ्युचर्स मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ। यस्तै, लण्डनमा पनि सेतो चिनीको मूल्य करिब ३ प्रतिशतले उकालो लागेको छ । भारतका ठूला चिनी उद्योगहरू (जस्तै ः श्री रेनुका सुगर्स, बलरामपुर चिनी) को सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit