Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘भारत उत्सव २०२६’ को निर्णायकमा वरिष्ठ नेपाली सरोदवादक सुदर्शन राजोपाध्याय

‘भारत उत्सव २०२६’ को निर्णायकमा वरिष्ठ नेपाली सरोदवादक सुदर्शन राजोपाध्याय
विज्ञापन
Advertisement

काठमाडौं । भारतको पुणे, महाराष्ट्रस्थित अखिल लोककला सांस्कृतिक संगठनले वरिष्ठ नेपाली सरोदवादक, संगीतकार, गायक तथा रचनाकार सुदर्शन राजोपाध्यायलाई आगामी ‘भारत उत्सव २०२६’ मा निर्णायक (ज्युरी) बनाउने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाका महासचिव डा.प्रमोद ननवरेका अनुसार यो वृहत् सांस्कृतिक महोत्सव आगामी मे १६ देखि २२ सम्म भारतको पुणेमा आयोजना हुनेछ। हप्तादिनसम्म चल्ने उक्त कार्यक्रममा विभिन्न देश तथा क्षेत्रका कलाकारहरूले आफ्नो मौलिक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गर्नेछन्।

उक्त प्रतियोगितामा कलाकारहरूको प्रस्तुतिको मूल्याङ्कन र विजेताको चयनका लागि राजोपाध्यायलाई निर्णायकको जिम्मेवारी सुम्पिएको हो। राजोपाध्यायको गरिमामय उपस्थितिले कार्यक्रमको स्तर र ओज थप बढाउने विश्वास आयोजकको छ ।

विशेषगरी सरोद वादनमा आफ्नो विशेष पहिचानका लागि परिचित उपाध्याय भारतमा विशेष सम्मानित र चर्चित छन् । सांस्कृतिक क्षेत्रको प्रवर्द्धन र नयाँ कलाकारहरूको उत्साहवर्द्धनका लागि उनको अनुभवी व्यक्तित्वको विशेषज्ञता आवश्यक रहेको आयोजकको भनाइ छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit