Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

‘बजेट मन्त्रीको निजी सम्पत्ति होइन, वितरण न्यायोचित होस्’

‘बजेट मन्त्रीको निजी सम्पत्ति होइन, वितरण न्यायोचित होस्’
???????????? ???? ????????, ? ??? : ?????????????? ?????? ????? ????? ???????? ????? ?????????????? ???? ? ?????? : ???? ???????/????
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदन भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा कुनै पनि प्रकारको भेदभाव नगर्न अर्थमन्त्री स्वर्णीम वाग्लेलाई आग्रह गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद भण्डारीले देशको बजेट समतामूलक विकासका आधारमा न्यायोचित रूपमा वितरण हुनुपर्नेमा जोड दिए ।

नयाँ राजनीतिक थिति बसाल्ने प्रतिबद्धताका साथ सरकारमा आएका अर्थमन्त्रीले बजेट निर्माणमा कस्तो नजिर स्थापित गर्छन् भन्ने कुरा हेर्न बाँकी रहेको उल्लेख गर्दै उनले भने–‘बेथिति हटाएर थिति बसाल्न आउनुभएका माननीय अर्थमन्त्री स्वर्णीम वाग्लेज्यूले बजेटमा कतिको थिति बसाल्नुहुन्छ, त्यो त हेर्न बाँकी नै छ । तर बजेट वितरण गर्दा पहुँचवालालाई श्रीखण्ड र पहुँच नहुनेलाई खरानी जस्तो विभेदकारी अवस्था नहोस् ।’

सांसद भण्डारीले काभ्रेको अलपत्र एकीकृत खानेपानी आयोजनासँगै देशका धेरै क्षेत्रहरू अझै पनि सडक, अस्पताल र खानेपानी जस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । आफ्नै निर्वाचन क्षेत्र काभ्रेमा रहेको खानेपानीको गम्भीर समस्याबारे बोल्दै उनले काभ्रे एकीकृत खानेपानी आयोजना दशकौँदेखि अलपत्र परेको र यसलाई पूर्णता दिन बजेटमा विशेष ध्यान दिन आग्रह समेत गरे ।

यस्तै, उनले बजेट जनताले तिरेको करबाट संकलन हुने जनअधिकारको विषय भएको स्मरण गराउँदै यो कुनै व्यक्ति वा मन्त्रीको निजी सम्पत्ति नभएको स्पष्ट पारे । ‘न्याय नपाए गोर्खा जानु भनेझैँ, यदि देशमा अन्याय भएर एउटा सांसदले आफ्नो क्षेत्रका लागि बजेट नै नपाउने स्थिति आए, ऊ कहाँ जाने?’ उनले प्रश्न गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit