Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘विशेष महाधिवेशन केन्द्रीय समितले आब्हान गर्नुपर्छ’

‘विशेष महाधिवेशन केन्द्रीय समितले आब्हान गर्नुपर्छ’
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको बालुवाटारमा कांग्रेसका ३० भन्दा बढी केन्द्रीय सदस्यसँगको भेटमा उनले समितिले नै विशेष महाधिवेशन आह्वान गर्दा पार्टीभित्र एकताको सन्देश जाने बताए ।

विज्ञापन
Advertisement
Advertisement

कोइरालाले भने, ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुन्छ’ उनले थपे, ‘त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।’ मंगलबार उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरुको समूहसँग छलफल गरेका थिए। उक्त छलफलपछि कोइरालाले सबैको मनोभावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागि लागिपरेका समेत बताए ।

उनले फरक प्रशंगमा नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने प्रस्ट पारे। गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुइ चार सिट बढी आएपनि समानुपातिका मत घट्ने र कांग्रेसलाई दिर्घकालिन हानी हुने उनको भनाइ थियो । आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जानुपर्ने कुरामा आफू स्पष्ट भएको उनले बताए । यस्तै, केन्द्रीय सदस्य पुष्पा भुषालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरुसँग भेट गरेको बताइन् । उनले आफूहरु कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएकाले समाधानका लागि सबैसँग पहल गरिरहेको उल्लेख गरिन् । उनले मध्यमार्गी बाटो पहिल्याउन डा.शेखर कोइरालालाई आग्रह समेत गरिन् ।

अधिकांश केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएको उनको भनाइ छ। पार्टीको संस्थापन र विशेष महाधिवेशन पक्षधरको हठले कांग्रेस चरमा विवादमा फस्दै गएको उल्लेख गर्दै उनले दुवै पक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने कोइराला सक्षम रहेकोमा जोड दिइन् । छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत उपस्थित थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit