Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

इमानदार निजी क्षेत्र तर्सिनु पर्दैन, सरकार स्वयं तपाईंहरुको ढोकामा आउँछ : अर्थमन्त्री

इमानदार निजी क्षेत्र तर्सिनु पर्दैन, सरकार स्वयं तपाईंहरुको ढोकामा आउँछ : अर्थमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले इमानदार र लगानीमुखी निजी क्षेत्र सरकारको नीतिबाट तर्सिनु नपर्ने प्रष्ट पारेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले इमान्दार उद्योगी÷ व्यवसायी सरकारसँग डराउनु नपर्ने धारणा राखे । निजी क्षेत्रको आत्मविश्वास घटेको भन्ने सांसदहरूको चिन्तामाथि ढाडस दिँदै अर्थमन्त्रीले सरकार आफैँ उद्यमीहरूको ढोकामा पुगेर सहजीकरण गर्न तयार रहेको बताए। ‘म स्पष्ट भन्न चाहन्छु—इमानदार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन’ अर्थमन्त्री वाग्लेले भने,‘सरकार स्वयं घर–घर, ढोका–ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ।’

तर, उनले सीमित समूहको मिलेमतोमा देश दोहन गर्ने प्रवृत्तिलाई अब सरकारले कुनै पनि हालतमा संरक्षण नगर्ने चेतावनी प्रस्ट पारे।अर्थमन्त्रीले राज्यका नीति र सार्वजनिक संस्थाहरूलाई कब्जामा लिएर देशको स्रोत दोहन गर्ने प्रवृत्तिविरुद्ध सरकार निर्मम बन्ने बताए । ‘राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन’, अर्थमन्त्रीले चेतावनी दिँदै भने,‘ गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन।’

आसेपासे पूँजीवादतर्फ लक्षित गर्दै उनले नीतिगत कब्जाको घनचक्करबाट राज्यलाई मुक्त गरेर सुशासनको लाभ आम नागरिकसम्म पुर्‍याउनु नै सरकारको मूल उद्देश्य रहेको धारणा राखे।‘म फेरी स्मरण गराउछु, आसेपासेको मिलेमतो, नीतिगत कब्जा र दोहनको घनचक्करमा संलग्न प्रवृत्तिबाट राज्यलाई मुक्त गर्दै सुशासनको लाभ आम नागरिकसम्म पुर्‍याउनु नै हाम्रो मूल उद्देश्य हो’ उनले भने ।

बजेटको दिशा स्पष्ट रहेको उल्लेख गर्दै उनले सरकारको सोच, नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त एवं प्राथमिकताबीच पूर्ण तालमेल रहेको र आगामी बजेट पनि यही दिशामा आउने बताए । उनले भने,‘हाम्रो सोच, नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबीच पूर्ण छ, र आगामी बजेट पनि यही दिशामा आउनेछ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit