Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो ।

राष्ट्रिय वाणिज्य बैङ्कका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैङ्कले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताए ।

‘बैङ्कको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाइनेछ,’ उनले भने , ‘अनलाइन कर्जा आवेदनका लागि बैङ्कको आधिकारिक वेबसाइटमार्फत अनलाइन लोन एप्लिकेसनको लिङ्कमा क्लिक गरी आरबिबि स्मार्ट लेन्डिङ डिजिटल लोन पोर्टल मा जानुपर्नेछ ।’ बैङ्कका अनुसार उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी युजर रजिष्टेसनमार्फत दर्ता गर्नुपर्नेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit